म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ। आइतबारराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित दर्ता गर्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो।

युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन एकमात्र गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए । काई हार्भेर्ट्जको सहयोगमा उनले गोल गरेका थिए।

जितसहित आर्सनलले ३७ खेलबाट ८६ अंक बनाएको छ। दोस्रो स्थानमा रहको म्यानचेस्टर सिटीले ३६ खेलबाट ८५ अंक बनाएको छ। अब प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने भएको छ।

सिटीले २ खेल खेल्न बाँकी रहँदा आर्सनलको एउटा खेल बाँकी छ। आर्सलले एभर्टनसँग खेल्न बाँकी रहँदा सिटीले टोटनह्याम र वेस्टयामसँग खेल्ने छ।