झुम्की प्रोडक्सन्सको नयाँ गीत ‘झुम्काना’ सार्वजनिक

झुम्की प्रोडक्सन्सको नयाँ गीत ‘झुम्काना’ सार्वजनिक


काठमाडौँ ।

झुम्की प्रोडक्सन्सको ब्यानर तथा अरूण आर्यन चौधरीको निर्माणमा नयाँ गीत ‘झुम्काना’ सार्वजनिक भएको छ। गीतमा गायक आरके थारुले स्वर दिएका छन्। गायक थारुले नेपाली थारू भाषाका चर्चित गीत गायक छन्।  

दर्जनौँ थारू हिट गीत गाएका आर के थारूको यो पहिलो नेपाली गीत हो। टेकराज ओझाको शब्द रहेको गीतमा ओझाले नै संगीत भरेका छन्। गीतको भिडियोमा चर्चित कलाकार गरिमा शर्मा मोडल कमल सिंह तथा गुराँस ढकाल र गायक थारू ले अभिनय गरेका छन्। विकास प्रसाईँ को निर्देशनमा वनेको गीतको छायाँकन नेपालका प्रसिद्ध सिनेमाटोग्राफर हरि हुमागाईँले गरेका छन्। 
 
थारू र नेपाली मिश्रीत गीतको कोरस गायन शोनु कुश्मी र अनुमा चौघरीले गरेका छन्। हालै झुम्की प्रोडक्सन्सको गीत ‘हेर्ती हेर्ती मोहनी लगैना’ले वर्ष २०८० को उत्कृष्ट गीत अवार्ड जितेको थियो।