काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल नेपाली समयअनुसार अपराह्न सवा चार बजेदेखि शुरु हुनेछ। शुक्रबार सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्ने छ। नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी…