मेस्सीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनाको टिम घोषणा

मेस्सीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनाको टिम घोषणा


काठमाडौं ।

कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। यही २९ सदस्यी टोलीबाट अन्तिम २६ सदस्य चयन गर्ने छन्।

लियोनल मेस्सीको कप्तानीमा कोपा खेल्न लागेको टोलीमा पाउलो डिबालाले भने मौका पाएनन्। कोपा अमेरिका २०२४ जुन २० देखि जुलाई १४ सम्म संयुक्त राज्य अमेरिकमा हुँदै छ। अर्जेन्टिनाको समूमा क्यानडा, चिली र पेरु रहेका छन्।

कोपाको प्रतियोगिता अघि अर्जेन्टिनाले जुन ९ र १४ मा इक्वेडर र ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्नेछ।

यस्तो छ अर्जेन्टिनाको टोली
गोलकिपरः
फ्रान्को अरमानी, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज
डिफेन्डरः गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, लियोनार्डो बलार्डी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लुकास मार्टिनेज, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस टाग्लियाफिको, भ्यालेन्टीन बारको
मिडफिल्डरः गुइडो रोड्रिग्वेज, लिआन्ड्रो परेडिस, एलेक्सिस म्याकअलिस्टर, रोड्रिगो डे पल, एक्क्विएल पलासिओस, एन्जो फर्नान्डेज, जियोवानी लो सेल्सो
फरवार्डः एन्जल डि मारिया, भ्यालेन्टीन कार्बोनी, लियोनेल मेस्सी, एन्जल कोरिया, एलेजान्ड्रो गार्नाचो, निकोलस गोन्जालेज, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज