काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरे। ‘गतकात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने…