नेपाली डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डमा जित्यो उत्कृष्ट अवार्ड

नेपाली डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डमा जित्यो उत्कृष्ट अवार्ड


काठमाडौं ।

न्युजिल्यान्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ। ६ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको उक्त डकुमेन्ट्री पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेकी हुन्।

न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा थिए। देवी ६ वटा विधामध्ये ‘एज अ इम्प्याक्ट’ मा उत्कृष्ट ठहरिएको हो। ‘अवार्ड जितेकोमा अत्यन्तै खुशी छु। नेपाली डकुमेन्ट्री देवीले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट ठहरियो। यो उपाधि सबैका लागि खुशीको कुरा हो,’श्रेष्ठले खुशी व्यक्त गर्दै भनिन्।

सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर प्रतिष्पर्धा गरेका फिल्ममध्ये श्रेष्ठको देवी छनोट भएको थियो। त्यस्तै उक्त डकुमेन्ट्री कोरियाको डिएमजेड फेस्टिभलमा पनि छनोट भएको छ। सोही डकुमेन्ट्रीले यसअघि क्यानाडामा वेष्ट डकुमेन्ट्री अवार्डमा छनोट भई टप २० मा अडियन्स अवार्ड पाएको थियो।