जय नेपाल फाउण्डेसनले ‘ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल’ अनलाइन वेबिनार गर्दै

जय नेपाल फाउण्डेसनले ‘ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल’ अनलाइन वेबिनार गर्दै


मेलबर्न अष्ट्रेलिया ।

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ‘ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल’ वेबिनारको आयोजना गर्ने भएको छ। भोली अर्थात जुन २९ तारिख शनिबारका दिन जय नेपाल इन्टरनेशनल फाउन्डेसनले जुम मार्फत उक्त कार्यक्रम गर्न लागेको हो।

पछिल्लो समय विश्वव्यापी रुपमा खुल्ला बिश्वबिद्यालयको अवधारणा बढ्दै गएको र यसबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्ने बिषयमा यो कार्यक्रम गर्न लागिएको बताइएको छ।

वेबिनारमा नेपाल खुला विश्वविद्यालयको उपकुलपति प्रा. शिलु मानन्धर बज्राचार्यले उच्च शिक्षा परिदृश्यलाई आकार दिन खुला शिक्षामा पहल र आविष्कारहरू नेपालमा प्रवृत्ति र चुनौतीहरू” विषयमा कार्यपत्र पेश गर्ने छिन। त्यसैगरी युनिभर्सिटी अफ कुइन्सल्याण्डका डा. देवराज पौडेलले खुला शिक्षाः कोभिड–१९ पछिका अवसरहरू बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

बेवनारका प्यानलिस्टहरुमा त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार डा. केदार रिजाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेल, डा. हिमलाल घिमिरे र डा.प्रमोद ढकालले बेवनारका प्यानलिस्टको भूमिका खेल्नेछन्।

फाउन्डेशनका नेपाल अध्यक्ष बद्री अर्यालले नेपालमा समन्वय गर्नेछन् भने वेबिनारलाई डा. राजु अधिकारीले संचालन गर्नेछन्।

दुई बर्ष अगाडी स्थापना भएको जय नेपाल फ़ाउण्डेसन विश्वभर छरिएर रहेका नेपाली मुलका डेमोक्र्याट हरुको साझा सस्था हो। यो संस्था अमेरिकामा दर्ता गरिएको छ। जय फाउन्डेशन अष्ट्रेलिया च्यापरको अध्यक्ष डा. डिल्ली बन्जाडे रहेका छन्।