काठमाडौँ ।
नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। सोमबार बिहान मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सामूहिक राजीनामा बुझाएर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन्।
एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ। केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
प्रतिक्रिया