काठमाडौँ । सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, बेलायतका लागि डा विजन पन्त, दक्षिण कोरियाका लागि…