लामिछानेले सोधे – जहाँ जहाँ भ्रष्टाचारको फाईल खुल्यो तिनैलाई मन्त्री पुरस्कार किन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरुले पक्राउ गरेका, धरौटीमा रिहा गरेका, अनुसन्धान थालेका व्यक्तिहरुलाई नै पुरस्कृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । प्रकाशमान सिंहलाई बालमन्दिर काण्डमा, आरजु देउवालाई नक्कली शरणार्थी प्रकरणमा र जग्गा स्काउटको जग्गा हिनामिना आरोप लागेका दिपक खड्कालाई मन्त्री बनाइएकोमा उनले संकेत गर्दै भ्रष्टाचार गर्न दिन्न,…