देशभरका विद्यालय र क्याम्पस तीन दिन बन्द हुने, परीक्षाहरु स्थगित

देशभरका विद्यालय र क्याम्पस तीन दिन बन्द हुने, परीक्षाहरु स्थगित



काठमाडौं । सरकारले तीन दिनका लागि कलेज, विद्यालय बन्द गर्न अनुरोध गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको हो । यस्तै सरकारले हाल चालु रहेका सबै तहका परीक्षाहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा उद्धार गरिएकाहरुको आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो।

देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो।