यु–१७ च्याम्पियनसिप, सेमिफाईनलबाटै बाहिरियो नेपाल, भारतसँग पराजित

यु–१७ च्याम्पियनसिप, सेमिफाईनलबाटै बाहिरियो नेपाल, भारतसँग पराजित



काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल साविक विजेता भारतसँग ४–२ गोलले पराजित भयो ।

भारतको जितमा चिङ्गखम, विशाल यादव, ऋषी सिंह र हिम्नीचुङ्ग लुनकिमले गोल गर्नुभयो । नेपालका लागि सुवास बमले सान्त्वना गोल फर्काएनुभयो । नेपालले अर्को गोल भारतबाट आत्मघाती उपहार पाएको थियो ।

भारतले उपाधिका लागि पाकिस्तान र बङ्गलादेशबिचको विजेतासँग खेल्नेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ को उपविजेता र भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो ।