दही चोरेको आरोपमा दलित बालिकालाई बाँधेर यातना !

काठमाडौं, १ चैत । घरभित्र पसेर दही चोरेको आरोप लगाउँदै रामेछापको मन्थली नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ । मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको घरभित्र पसेर चोरी गरेको भन्दै ती दलित बालिकालाई श्रेष्ठले कुटपिट र यातना दिएका हुन् । श्रेष्ठसहित परिवारका सदस्यले ती बालिकालाई दही चोरेको भन्दै…