एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ तेस्रो साता

एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ तेस्रो साता


भदौ अन्तिम साता एनआरएनए स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो । दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी,  ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजीभन्दा माथिको तौल समूह प्रतिस्पर्धा हुनेछ । त्यस्तै, महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिस्पर्धा  हुनेछ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक र मेघा बैंकलगायतका निकायहरुको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न सात प्रदेश, विभागीय टोली त्रिभूवन आर्मी क्लव, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा कुल ३ सय १० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो हुनले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले पाँच/पाँच हजार रुपियाँ पाउने छन् भने महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कार प्रदान गर्ने जनाएको छ ।