काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ। बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसकेका छन्। यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दैछन्। बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल…