काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने(घटनामा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।
सभापति देउवाले आइतबार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेटेका हुन् ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो।
सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिएका छन् । उक्त अवसरमा परिवारजनको तर्फबाट तीन बुँदे मागलाई पूरा गरिदिन आग्रह गरिएको थियो । दिवंगत रजककी श्रीमतिले मृत्यु अस्वाभाविक भएका कारण निष्पक्ष छानविन हुनुपर्ने, सरकारले सहिद घोषणा गर्नुपर्ने र उनको शालिक निर्माण गर्नुपर्ने बताएकी थिईन् । देउवाले तीनकुनेमै भन्दा पनि शालिक बनाउने कुरामा सहमति जनाएका थिए तर अन्यत्र हुनसक्छ भनेका थिए । यस्तै क्षतिपूर्ति र परिवारको भरणपोषणका लागि आफुले सरकारलाई निर्देशन दिने बताएका थिए । संलग्नको छानविन गर्ने र कारवाही गर्ने कुरामा कुनै कसर बाँकी नराखिने देउवाको भनाई थियो ।
प्रतिक्रिया