प्रधानन्यायाधीशबारे हावादारी न्यूज लेख्ने अनलाईनलाई अदालत अवहेलना मुद्दा

प्रधानन्यायाधीशबारे हावादारी न्यूज लेख्ने अनलाईनलाई अदालत अवहेलना मुद्दा


काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलवार अवहेलना मुद्दा दायर गरेका हुन् ।

उक्त मुद्दाको आज न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा पहिलो नम्बरमा पेसी चढेको छ ।

सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे रु’ शीर्षकमा उक्त अनलाइनमा समाचार प्रकाशित भएको थियो । यद्यपि उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ ।