नेपालीहरु समेतको साथमा साउथ अष्ट्रेलियाका प्रिमियरले मनाए दिपावली

एडिलेड । साउथ अष्ट्रेलियाका प्रिमियर पिटर मालिनौस्कसले हिन्दुहरुको पर्व दिपावलीको उपलक्ष्यमा एक समारोहको आयोजना गरेका छन् । एडिलेड कन्भेन्सन सेन्टर, गिल्बर्ट सुइटमा आयोजित समारोहलाइ सम्बोधन गर्दै प्रिमियर मालिनौस्कसले साउथ अष्ट्रेलियाले बहुसंस्कृतीलाई सम्मान गर्ने गरेको बताउदै पछि समय दिपावली मनाउनेहरुको संख्या राज्यमा उल्लेख्य रुपमा बढेको बताए । प्रिमियरले अन्य राज्यहरु भन्दा साउथ अष्ट्रेलियमामा विविधताको सम्मान र…