काठमाडौँ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे संघीय संसद भवन बानेश्वरमा आयोजित सर्वदलीय बैठकपछि बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले आफूहरू पार्टीको आन्तरिक तयारीमा रहेको बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं, हामी पार्टीलाई नयाँ संसदमा एकतावद्ध र सशक्त रुपले कसरी अगाडि लिएर जाने भन्ने आन्तरिक तयारीमा छौं।’
प्रतिक्रिया