काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई धुम्बाराहीस्थित निवासमा छलफलका लागि बोलाएका छन्।
देउवालाई शनिबार बस्ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफलका लागि उनीहरुलाई धुम्बाराही बोलाएका हुन्। देउवाले विश्वासको मत, केन्द्रीय समिति बैठकलगायतका विषयमा पनि छलफल गर्न लागेका छन्।
सरकारबाट बाहिरिएपछि देउवाले पहिलोपटक शीर्ष नेतासँग छलफल गर्दैछन् ।
प्रतिक्रिया