काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् । नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार अखिल भारतीय आर्युबिज्ञान अस्पतालमा (एम्स अस्पताल) मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् । ‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोली (आइतबार)सम्ममा अस्पतालवाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको छ…