काठमाडौँ ।
भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन्। आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार पहिलो चरणमा पुर्व प्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पुर्व परराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्नेछन्। जुन छलफल २ बजेवाट सुरु हुनेछ।
उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्नेछन, जुन छलफलमा पुर्व परराष्ट्र मन्त्रीहरु तथ भारतका लागि पुर्व नेपाली राजदुतसँग छलफल हुनेछ। दोस्रो छलफल ३ः३० बजे हुने छ।
प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन्।
प्रतिक्रिया