काठमाडौँ ।
सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
आर्थिक वर्ष २०८०–८१ का लागि नेपाल सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा, नेकपा एस लगायतका दलले नीति तथा कार्यक्रमलाई समर्थन गरेका थिए।
सत्तारुढ दलले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिइएको थियो भने प्रतिपक्षी दलले गराएको संशोधन प्रस्ताव बुहमतले अस्विकृत भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए। जेठ १५ गते संसदमा बजेट पेश गर्नुअघि संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक दायित्व छ।
प्रतिक्रिया