काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ। सिंहदरबारमा मंगलबार बसेको समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो। सोमबार समिति सदस्यको नाम प्रतिनिधिसभाले स्वीकृत गरेको मंगलबार बैठक बसेर कार्कीको संसदीय सुुनुवाइ प्रक्रियाअघि बढाएको हो। संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ प्रक्रिया अघि…