गणतन्त्रवाट नै नेपाललाई सुखी, सभ्य र सम्पन्न बनाउन सकिन्छ : शेरबहादुर देउवा

गणतन्त्रवाट नै नेपाललाई सुखी, सभ्य र सम्पन्न बनाउन सकिन्छ : शेरबहादुर देउवा


काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रवाट नै नेपाल र नेपाली सुखी, सभ्य र सम्पन्न बनाउन सकिने बताएका छन्।

१५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत जनाएका छन्।

‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिन्छ,’ उनले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक छ ।’ उनका अनुसार मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले प्रेरणा दिनेछ।