सम्पत्ति विवरण लुकाएर पञ्चायतकालीन अवस्थामा फर्किंदै प्रचण्ड सरकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिनाभन्दा बढी भयो। तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री दाहालसहित १६ जना मन्त्रीको सम्पत्ति विवरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘वेबसाइट’मा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ। तर, सम्पत्ति कति छ भन्ने सार्वजनिक भएको छैन। नौजना मन्त्रीले त अहिलेसम्म सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…