काठमाडौँ ।
सरकारले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय खारेज गर्नुपर्ने माग गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएपछि मंगलबारको प्रतिनिधिसभा १५ मिनेटलाई स्थगित भएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकको सुरुमै रास्वपाले उठेर विरोध जनाएको थियो। त्यसपछि एमाले पनि यस विषयमा विरोध जनाएको थियो। नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक पदम गिरीले सरकारले आउने निर्वाचनलाई प्रभाव पार्न नियोजित ढंगले खारेज गर्न खोजेको बताएका छन्।
एमाले सांसद सूर्य थापाले जिल्ला निर्वाचन कार्यालयलाई सिडियो कार्यालय अन्तर्गत राखिने निर्णयको विरोध जनाउँदै सभामुखको रुलिङको माग गरेका थिए।
सरकारका पक्षबाट जवाफ नआएपछि सांसदहरूले उभिएर विरोध जनाएका कारण बैठक स्थगित भएको हो।
प्रतिक्रिया