काठमाडौँ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पास गर्न आफ्ना सांसदहरूलाई हवीप जारी गरेको छ।
मंगलबार नै माओवादी मुख्य सचेत हितराज पाण्डेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशन अनुसार ह्वीप जारी गरिएको उनले जनाएका छन्।
‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०र०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ।
त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन ९ह्वीप० जारी गरिएको व्यहोरा अनुरोध छ’ विज्ञिप्तमा उल्लेख छ।
प्रतिनिधिसभा (संसद)मा माओवादी केन्द्रका ३२ सांसद छन्। संसदमा यो दल तेस्रो शक्ति रहेको छ। ८८ मत रहेको कांग्रेससँग ८८ र दोस्रो दल एमालेसँग ७८ सांसद छन्। कांग्रेस र एमालेका एक एक सांसद पद रिक्त रहेको छ।
यसअघि मंगलबार नै सरकार मुख्य घटक नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ।
प्रतिक्रिया