काठमाडौँ ।
नेकपा एकीकृत समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज (बुधबार) बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए। समाजवादी पार्टीले बजेटमा आफूहरूका विषय नसमेटेको भन्दै असन्तुष्टि जनाइरहेको थियो।
आज प्रतिनिधिसभामा बजेट पारित गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया