काठमाडौँ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशन जारी छ। गत आइतबार देखि सुरु भएको विधान अधिवेशन पूर्ववतः तालिका अनुसार आज समापन हुँदैछ।
आजको बैठकमा मस्यौदा विधान माथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ।
गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो।
उक्त १० वटा समूहबाट समूहगत धारणा राखे पछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन्।
उनका अनुसार प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाइएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ।
प्रतिक्रिया