विराटनगर । नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेशकुमार भट्टराई चढेको गाडी उनको गृहनगर ताप्लेजुङमा तोडफोड गरिएको छ। काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङमा पहिचान पक्षधर संगठनका कार्यकर्ताले उनको गाडीमा आक्रमण गरेका हुन्। एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाका अनुसार करिब आठ जनाको संख्यामा रहेका पहिचान पक्षधर संगठनका कार्यकर्ताले गाडीमा आत्रमण गरेका हुन्। उनीहरुले गाडीमा ढुंगा…