काठमाडौँ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि ढुङ्गा,मुढा प्रहार भएको छ। झापाको दमकमा पहिचानवादी समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा मुढा प्रहार गरेको हो ।
ढुङ्गा मुक्का प्रहारबाट मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य जारी राखेको छ।
प्रतिक्रिया