काठमाडौं । अन्तिम विकेटका लागि आएका सन्दीप लामिछानेले लाज जोगाइदिदा नेपाली क्रिकेट टोली लज्जास्पद अवस्थाबाट बचेको छ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कतार विरुद्ध क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालका सबै व्याट्सम्यान सस्तोमा बाहिरिदा नाजुक अवस्थामा पुगेको नेपाली टोलीको इज्जत लेगस्पिनर लामिछानेले बचाएका छन्। उनले अन्तिम विकेटका लागि ललित राजवंशीसंग र आठांै विकेटका लागि…