काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको छ। भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे। नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए। खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको कुवेतका लागि कप्तान खलिद हाजियाले…