जुलाई २५ र २६ मा भर्चुअल उद्यमी सम्मेलन हुँदै !

जुलाई २५ र २६ मा भर्चुअल उद्यमी सम्मेलन हुँदै !



सिड्नी, अष्ट्रेलिया ।

ग्लोबन टेक विजनेस ग्रुपले आगामी जुलाई २५ र २६ तारिख भर्चुअल उद्यमी सम्मेलन गर्ने भएको छ । अष्ट्रेलिया र नेपालका युवाहरुलाई टेक्नोलोजी र प्रविधिको क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनमा उद्यमीहरु, ईकमर्स, फिनटेक, एआईका विज्ञहरु र सफ्टवेयर ईनिजनियरहरुको सहभागिता रहनेछ ।

सम्मेलन मुख्यत व्यवसाय वा काममा संलग्न हुन तयार रहेका युवाहरुलाई लक्षित गरिएको ग्लोबल टेक विजनेस ग्रुपले जनाएको छ । सम्मेलनमा सहभागीहरुले कामको अवसर समेत प्राप्त गर्न सक्नेछन् भने विभिन्न कम्पनीमा ईन्टर्नशिपको अवसर समेत प्रदान गरिनेछ । उनीहरुले एआई ९कृत्रिम बुद्धिमत्ता० र उदीयमान प्रविधिको भविष्यबारे हुने छलफलमा प्रत्यक्ष सहभागी हुने तथा विज्ञहरूबाट प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर पाउनेछन् ।

आयोजक संस्थाका अध्यक्ष प्रविन बरालका अनुसार जुलाई १ तारिखबाट सहभागिता दर्ताको प्रक्रिया सुरु भइसकेको छ । विश्वबजारमा भएका प्रगति र त्यसबाट आफुले लिनसक्ने फाईदाको विषयमा ईच्छुक युवाहरुले सहभागिता जनाउन सक्नेछन् । दर्ताका लागि लिङ्क यहाँ राखिएको छ । Click Here >


पछिल्लो समय नेपालले आईटी, ईकमर्स लगायतको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ । कैयौं नेपाली युवाहरु नेपालमै रहेर पनि विदेशी कम्पनीहरुमा काम गरिरहेका छन् भने सरकारले समेत विदेशमा लगानीका लागि सहुलियत प्रदान गर्ने नीति लिएको छ ।