काठमाडौँ । सामाजिक सञ्जाल एवं भिडियो प्लेटफर्म टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत भएको छ । टिकटकका प्रतिनिधि उपस्थित भएर मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचीकृत भएको प्रमाणपत्र लिएका हुन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आवश्यक कागजपत्र बुझाएर मन्त्रालयको समन्वय शाखामा टिकटक सूचीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार टिकटक सूचीकरणको विषयमा तिहारअघि नै निर्णय भएको…