परीक्षणको दायरा बढाउन र अहिले नै लकडान नगर्न सुझाव

काठमाडौँ, १ माघ (रासस) । तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गर्नुभएको हो ।छलफलमा नेपालमा कोरोना सङ्क्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको सङ्क्रमणदरलाई कसरी रोक्ने…