मेलबर्नमा बाल दिवसको रौनक, एक सयभन्दा बढी बालबालिका एकै ठाउँमा

मेलबर्न, अष्ट्रेलिया । नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा आईतबार मेलबर्नमा बाल दिवस मनाइएको छ । एक सयभन्दा बढी बालबालिकासहित चार सयको सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न ८ वटा भाषा विद्यालयका विद्यार्थीहरुले आफ्नो प्रस्तुति दिएका थिए । मेलबर्नमा दोश्रो पुस्ताका नेपालीलाई नेपाली भाषा सिकाउनका लागि विद्यालयहरु सञ्चालित छन् । कार्यक्रममा उपस्थित भएका बालबालिकाहरुले नृत्य, गीतसहित सांस्कृति…