काठमाडौँ । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोज्ने निर्णय गरेको छ । कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दुईदिन चलेको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । भावी राष्ट्रपतिको विषय सत्तारुढ दलभित्र संशय पैदा गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । राष्ट्रपतिमा…