काठमाडौँ । फेसन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाईनर रनवे–२०२३’को शीर्ष उपाधि आईआईएफ्टी स्कूल अफ फेसन डिजाइनका विप्लवराज नाग नहरले जितेका छन् । गत वर्ष सोही स्कुलका स्यामुअल अर्कानसासले जितेका थिए। काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगिताको फाइनलमा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए । उनीहरुको प्रस्तुतीका आधारमा विजेता घोषणा गरिएको…