आज प्रजातन्त्र दिवस, धूमधामसँग मनाइँदै

आज प्रजातन्त्र दिवस, धूमधामसँग मनाइँदै


काठमाडौँ ।

जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँदैछ ।

सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अक्ष्यक्षमा मूल समारोह मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रजातन्त्र मूल समारोह समिति गठन गरेको थियो । जसले ७ फागुनको प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने  निर्णय गरेको थियो  ।

काठमाडौँको टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ भने विदेशी नियोगहरूमा पनि राष्ट्रिय झन्डा फहराइने गर्दै आएको छ ।