काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको थप सुनुवाइ आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषय उठान गरी सांसद हुन अयोग्य रहेको भन्दै दायर रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो ।…