काठमाडौँ । नेपाली सेनाले हिरासतमा लिएका दुईजना वरिष्ठ सैन्य अधिकारीहरूलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सैनिक हिरासतमा रहेका कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई सैनिक प्रहरीले दुई दिनअघि आफ्नै हिरासतमा लिएको थियो । शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले तीन…