नयाँ बसपार्क घटनाको छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट र क्षति तथा प्रहरीको तर्फबाट भएको कमजोरीबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए…