रबीविरुद्ध मुद्दा हालेर चर्चामा आएका सफलले गरे मोर्चाको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेविरुद्ध मुद्दा हालेर चर्चामा आएका युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन भएको छ । शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो । पौडेलेको संयोजकत्वमा नौ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरिएको छ, जसमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा…