कामठाडौँ ।
जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जसपा सांसद प्रदीप यादवले पार्टीले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।
बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई उपराष्ट्रपतिमा उठाएर जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।
उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते गर्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया