सत्ता साझेदार आठ दलको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउने

काठमाडौँ । सत्ता साझेदार आठ दलका शीर्ष नेताहरुको बैठक आज प्रधानमन्त्री निवास बालुवाटरमा बस्दैछ । बैठक आज बिहान साढे ८ बजे बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी…