मेलबर्न अष्ट्रेलिया ।
नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित अष्ट्रेलियाको एडिलेडमा आयोजना गरिएको नेपाल फेस्टिभल सुरु भएको छ । परेड गरेसँगै नेपाल फेस्टिभल एडिलेड सुरु भएको हो।
परेडमा नेपाली मौलिक बाँजाको धुनमा झाँकीहरुसहितका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो। परेडमा नेपाली मौलिक रहनसहनका पोषाक र नेपाली बाँजाको धुनमा झाँकीहरुसहितका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
परेडमा सहभागी सबैजना गाउँदै नाच्दै रमाइलो गरिरहेका देखिन्थे । झाँकी सहितको उक्त परेड कार्यक्रम स्थलमा एल्डर पार्कमा पुगेपछि सकिएको छ । अबको केही बेरमा औपचारिक कार्यक्रम सुरु हुने छ ।
प्रतिक्रिया