परराष्ट्र मन्त्रीको स्थगित भ्रमण वारे एमाले सचिवालयमा छलफल हुने

फागुन १५, काठमाडौँ । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । आइतवार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ । मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि…