काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज सपथ ग्रहण हुदैँछ । राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ कार्यक्रमको सपथको सम्पुर्ण तयारी सकिएको छ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो…