काठमाडौँ ।
आज नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४० पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर २९ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ ।
त्यस्तै अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ १८ पैसा र बिक्री दर १६२ रुपैयाँ ९२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया