पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो कडा आपत्ति

काठमाडौँ । नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धनमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। त्यसखालको ख्याख्या संविधानको मर्मविपरित हुने एमालेको ठहर…